Logo
१७ असार २०८३, बुधबार

अहिले अपनाइएको शासन पद्धति सही र सार्थक भएनः पूर्वराजा

अक्षरपाटी
२०८० जेठ १३ , शनिबार ०७:०५ मा प्रकाशित

सुर्खेत। पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले अपनाइएको शासन पद्धति सही र सार्थक नभएको बताएका छन्।

सुर्खेतमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै उनले देशमा कुरा धेरै तर काम थोरै भइरहेको बताए।

उनले हामीले दुई दशकको समय गुमाएर गरेको विधि व्यवस्था, शासन प्रशासन, के सही र सार्थक भएको छ र ? भन्दै प्रश्न गरे, ‘हामी जहाँ जान्छौँ, जे सुन्छौँ र जस्तो देख्छौँ, त्यसबाट थाहा हुन्छ कि कुरा धेरै काम थोरै भएको छ।’

उनले हाम्रो पहिचान, शान, मौलिकता र सभ्यता मासिंदै गएकोप्रति दुःख व्यक्त गरे। राष्ट्रवाद फस्टाउन व्यक्तिमा राष्ट्रप्रेम हुनुपर्ने बताउँदै पूर्व राजा ज्ञानेन्द्रले नेपालको पीरमर्का बुझ्न सबै नेपाली एक हुनुपर्नेमा जोड दिए।

उनले फुटेर नभई जुटेर राष्ट्रको निम्ति एकसाथ अघि बढ्नुपर्ने अवस्था आएको समेत बताए।