Logo
१४ वैशाख २०८१, शुक्रबार

अबदेखि असारभित्रै कार्ययोजना, कात्तिकमा ठेक्का

अक्षरपाटी
२०८० जेठ १५ , सोमबार ०५:०५ मा प्रकाशित

काठमाडौं। सरकारले स्रोतसाधन छर्ने प्रर्वत्तिको अन्त्य गर्ने भएको छ। जारी बजेट भाषणमार्फत अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रणालीमा दर्जनौँ सुधारका योजना घोषणा गरेका छन्।

उनले आगामी आर्थिक वर्षबाट मन्त्रालयगत बजेट सीमा दिइसकेपछि विनियोजन विधेयकका सिद्धान्त फागुन भित्रै प्रस्तुत गर्ने नीति लिइने बताएका छन्।

योजनाको विस्तृत सम्भाब्यता अध्ययनसहित पूर्वतयारी सकिएका आयोजना मात्र बजेटमा समावेश गरिने पनि उनले बताए।

उनले पूर्वतयारीका काम सम्पन्न गरेर खरिद योजना भएका आयोजना मात्र ठेक्का सम्झौता हुने बताउँदै समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही र लाइसेन्स रद्दसम्मको नीति प्रस्तुत गरे।