Logo
६ चैत्र २०८०, मंगलबार

पुँजीबजारबाटै करोडौँ कमाउनेलाई करको दायरामा ल्याइछाड्ने अर्थमन्त्रीको अठोट

अक्षरपाटी
२०८० जेठ १७ , बुधबार ०२:०५ मा प्रकाशित

काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले पुँजीबजारलाई नै तलमाथि गराउने समूहलाई करको दायरामा ल्याइछाडने बताएका छन्।

उनले ठूला लगानीकर्ताले पुँजी बजारमा तल झारेर तुरुन्तै सेयर कनिेर बजारलाई माथि लैजाने गरेको दाबी समेत गरे। पुँजी बजारमा ठूलो लगानी गरेर आम्दानीको स्रोत बनाउनेहरुलाई सरकारले करको दायरमा ल्याइछाड्ने उनले बताए।

तर यसो गर्दा बचेको दुई चार लाख बैंकमा राख्नुभन्दा पुँजी बजारमा लगानी गरौँ न भन्नेहरुलाई असर नपर्ने पनि उनले स्पस्ट पारे।

आर्थिक पत्रकार समाजले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले पुँजी बजारमा ठूला लगानीकर्ताको बोलवाला अत्य गर्न खोजेको समेत बताए।

उनले सरकारले बजेटमार्फत शेयर बजारमा बढी आय गर्नेहरुलाई करको दायरामा ल्याउँदा स्वार्थ समूहले आफूलाई नै अप्ठेरोमा पारेको समेत बताए।

उनले भने, ‘अर्थमन्त्रीले शेयर बजारलाई समाप्त पार्न खोज्यो, ६० लाख लगानीकर्ताको लागनी समाप्त हुने भयो जस्ता दुष्प्रचार गरियो।’

शेयर बजारमा बढी कमाउनेले कर नतिर्ने तर वर्षभरी दुःख गरेर चार पाँच लाख कमाउनेले आय कर तिर्ने अवस्था स्वीकार्य नहुने समेत स्पस्ट पारे।

‘सयेर बजारलाई नै पेशा बनाएर नाफा कमाएपछि कर तिर्नुपर्छ’, उनले भने, ‘सरकारले पुँजी बजारमा कुनै स्वार्थ राखेको छैन। बजारलाई व्यवसाय बनाएकाले कर त तिर्नुपर्छ ।’

उनले पुँजीबजारका विषयमा अनावश्यक हल्ला फैलाउनु उचित नभएको समेत बताए। उनले बजेटले साना लगानीकर्तालाई संरक्षण गरेको तर बजारमा चलखेल गर्नेले अन्योल सिजना गरेको दाबी गरे।

‘बजेटपछि शेयर बजार खतम भयो भनिएको छ। जसले आम्दानीको लागि नियमित व्यवसाय गर्छ। अहिले ५०÷६० लाख लगानीकर्ता खतम भए भनिएको छ’, उनले भने, ‘कसले प्रचार गरिरहेको छ। जसले साँच्चिकै सेयर बजारलाई नै व्यवसाय बनाएको छ। आम्दानीको स्रोत नै पुँजीबजारलाई बनाएको छ।’

उनले सेयरमा लगानी गर्ने सबैलाई आयकरको दायरामा आउन भनेर बजेटले नभनेको पनि स्पस्ट पारे।

प्रकाशशरण महत