Logo
१३ वैशाख २०८१, बिहीबार

भारतकी विदेश राज्यमन्त्री लेखीद्वारा प्रधानमन्त्री दाहालको स्वागत

अक्षरपाटी
२०८० जेठ १७ , बुधबार ०४:०५ मा प्रकाशित

काठमाडौं। चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन्।

प्रधानमन्त्री दाहालको स्वागतमा विदेश राज्यमन्त्री लेखीसहित विदेश मन्त्रालयका अधिकारी र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा विमानस्थल पुगेर स्वागत गरेका थिए।

दाहालको स्वागतमा विमानस्थल बाहिर सांस्कृतिक झाँकी प्रदर्शन गरिएको राजदूत शर्माले ट्वीट गरेका छन्।