Logo
१३ वैशाख २०८१, बिहीबार

कांग्रेस विधि र पद्धतिमा चलेनः प्रकाशमान सिंह

अक्षरपाटी
२०८० जेठ २० , शनिबार ०३:०६ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशकान सिंहले पार्टी विधि र पद्धतिमा नचलेको बताएका छन्।

१४ औं महाधिवेशनबाट सभापति बनाउन शेरबहादुर देउवालाई सघाएका नेता सिंहले कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलनमा कांग्रेस नियममा नचलेको बताएका हुन्।

विधिसम्मत रूपमा पार्टी नचल्दा असन्तोष बढिरहेको बताउँदै उनले पार्टीलाई विधिसम्मत रूपमा अघि बढाए कांग्रेसले अरू कसैको चुनौती सहनु नपर्ने बताए।

‘पार्टी विधि र पद्धतिमा चलेको भए त यति असन्तोष सुन्न पर्दैन थियो। अब बचेको समयमा पार्टीलाई विधि, नियमसम्मत अघि बढायौँ भने अरू पार्टीको चुनौती सामना गर्नुपर्ने छैन’, उनले भने।

नेता सिंहले जननिर्वाचित प्रतिनिधि र संगठनका नेताहरूबीच समन्वय हुन आवश्यक देखिएको पनि बताए।