Logo
१३ वैशाख २०८१, बिहीबार

भारतको ओडिसामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २७५ पुग्यो, शव राख्न लाशघरकै अभाव

अक्षरपाटी
२०८० जेठ २२ , सोमबार ०७:०६ मा प्रकाशित

एजेन्सी। भारतको ओडिसाको बालेश्वर जिल्लामा तीनवटा रेल एकआपसमा ठोक्एिर दुर्घटना भएको दुई दिन भयो।

रेल अधिकारीहरु रेल ट्रयाकमा पुन रेल सञ्चालनमा ल्याउन २४ सै घन्टा काम गरिरहेका छन्। रेल मन्त्री अश्विनी वैष्णवले ट्टीट गर्दै अपलाईन ट्रयाकको लिङ्किङ हिजो साँझ गरिएको छ भने ओभरहेड विद्धुतीकरको काम भइरहेको छ।

घटनाको मुख्य कारण इलेक्ट्रिक इन्टरलकिङमा बदलाव आउनुलाई मानिएको छ। निकै भीषण र दर्दनाक मानिएको यो दुर्घटनामा हालसम्म २७५ जनाको ज्यान गएको छ।

भारतको रेलवे सेवामा दशकमै यो सबैभन्दा घातक रेल दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मृतकमध्ये १८७ जनाको अझै परिचय खुलेको छैन।

उद्धार र राहतको काम भइरहेको छ। दुर्घटनाका कारण ठूलो संख्यामा शवहरु भएकाले त्यसको व्यवस्थापनका लागि लाशघरको अभाव भएको छ। ११० शवलाई एम्स भुवनेश्वरमा राखिएको भारतीय सञ्चारमाध्यमले नाएका छन्।

भारतमा रेल दुर्घटना