Logo
३२ असार २०८३, बिहीबार

सुदूरपश्चिमको नीति तथा कार्यक्रम आज

अक्षरपाटी
२०८० जेठ २४ , बुधबार १०:०६ मा प्रकाशित

धनगढी २४ जेठ। सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ।

आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तयार पारेको नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गर्ने कार्यक्रम छ।

प्रदेश प्रमुख जोशीले दिउँसो ४ बजे प्रदेश सभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको सभामुख भीमबहादुर भण्डारीले जनाए।

सदनमा प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्नेछ।

सुदूरपश्चिम प्रदेश सरकार

ट्रेन्डिङ ( साप्ताहिक )