


काठमाडौं । लामो समयको रस्साकस्सीपछि सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ।
आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले आइतबार प्रदेश सभा बैठकमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन्।
यसअघि गत असारमा तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले प्रदेश सभामा बजेट प्रस्तुत गरेको थियो। तर, नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनमा देखिएको समस्याका कारण उक्त बजेट पारित हुन सकेन।
त्यसपछि साउन २९ गते नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीचको गठबन्धनमा खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो।
नयाँ सरकार गठन भएपछि पनि गठबन्धनका दल तथा मन्त्रिपरिषद्का सदस्यहरूबीच बजेटका विषयमा सहमति जुट्न नसक्दा प्रदेश सरकार लामो समय बजेटविहीन बनेको थियो।
आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिना बित्न लाग्दा बल्ल प्रदेश सरकारले बजेट प्रदेश सभामा प्रस्तुत गरेको हो।
बजेट भाषण सुदूरपश्चिम प्रदेश सरकार

