Logo
१७ वैशाख २०८३, बिहीबार

बबिनाको ‘माया आफै हुन्छ’

अक्षरपाटी
२०८० जेठ २८ , आईतबार १०:०६ मा प्रकाशित

काठमाडौं। गायिका बबिना भट्टराईको स्वर तथा संगीत रहेको गीत ‘माया आफै हुन्छ’ सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतमा बिबि थापाको शब्द, संजय श्रीपालको संगीत संयोजन र प्रकाश खरेलको मिक्सिङ्ग तथा मास्टरिङ छ।

प्रेमभाव समेटिएको गीतको भिडियो भने स्टुडियो भर्सनमा सार्वजनिक गरिएको छ।

भिडियोलाई सरोज रञ्जितकारले छायाँकन तथा सम्पादन गरेका हुन्। सुमधुर आवाजकी धनी गायिका बबिनाका यसअघि ‘कति मिठो भूल’, ‘तिम्रै लागि’ लगायतका गीत सार्वजनिक भएका छन्।