Logo
१९ वैशाख २०८१, बुधबार

राष्ट्रपतिलाई हृदयघात ! गंगालालमा भर्ना

अक्षरपाटी
२०८० जेठ ३० , मंगलबार ०७:०६ मा प्रकाशित

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ्य भएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका छन्।

उनलाई हृदयघात भएको अस्पताल स्रोतले जनाएको छ। आज बिहान श्वासप्रश्वास र छाती भारी हुने समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो।

स्रोतका अनुसार पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको थियो। उनलाई मायोकाड्रिएल इन्फ्राक्सन (हृदयघात) भएको चिकित्सकले बताएका छन्।

राष्ट्रपति पौडेल समयमै अस्पताल पुगेकाले एनजिओप्लास्टी गरेर रक्तनली खोलिएको बताइएको छ। यद्यपि राष्ट्रपति कार्यालयले भने यसको स्वतन्त्र रुपमा पुष्टि गरेको छैन। उनलाई केही समय चिकित्सकको निगरानीमा राख्नुपर्ने अस्पतालले जनाएको छ। राष्ट्रपति पौडेलले शनिबार पनि गंगालालमा पुगेर नियमित स्वास्थ्य परीक्षण गराएका थिए।

राष्ट्रपति भएलगत्तै उनी बिरामी भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका थिए। त्यसको केहीदिनपछि पुनः स्वास्थ्यमा समस्या आएपछि उनी लामो समय भारतमा उपचार गरेर स्वदेश फर्किएका थिए।

रामचन्द्र पौडेल राष्ट्रपति