Logo
७ जेठ २०८१, सोमबार

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई एमालेले पुनः दियो विश्वासको मत

अक्षरपाटी
२०८० जेठ ३० , मंगलबार ०८:०६ मा प्रकाशित

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रो पटक विश्वास पाएका छन्।

आज बसेको प्रदेश सभाको बैठकबाट उनले विश्वासको मत लिएका हुन्। मुख्यमन्त्री यादवले प्रदेश सभाका १०७ मध्ये १०३ सांसदको विश्वास पाएका हुन्।

३ जना स्वतन्त्र सांसदले मतदान प्रक्रियामा भाग लिएनन्। विश्वासको मतको विपक्षमा कुनै पनि मत नखसेपछि मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित भएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराए।

गत चैत २१ मा मधेस सरकारबाट बाहिरिएको एमालेले जेठ १ गते समर्थन फिर्ता लिएपछि बाध्यकारी संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन्।

तर समर्थन फिर्ता लिएको एमालेले पुनः विश्वासको मत दियो। प्रदेशसभामा एमालेका २३ , कांग्रेसका २२, जसपाका १८, जनमतका १३, लोकतान्त्रिक समाजवादी र माओवादी केन्द्रका ९–९, एकीकृत समाजवादीका ७ सांसद छन्।

नेपाल संघीय समाजवादी, राष्ट्रिय प्रजातन्त्र र नागरिक उन्मुक्ति पार्टीका एक एक जना सांसद छन्। प्रदेशसभामा ३ जना स्वतन्त्र सांसद छन्।