Logo
२ असार २०८३, मंगलबार

संसदीय सुनुवाई समितिको बैठक आज, कार्कीविरुद्ध उजुरी दिनेहरुसँग छलफल

अक्षरपाटी
२०८० जेठ ३१ , बुधबार ०९:०६ मा प्रकाशित

काठमाडौं। संसदीय सुनुवाई समितिको बैठक आज पनि बस्ने भएको छ।

आजको बैठकमा प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गरिने भएको छ।

समितिमा कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन्। छलफलमा २१ जना सहभागी हुने सचिवालयले जनाएको छ।

प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाइ सकेर भोलि नै नाम अनुमोदन गर्ने कार्यतालिका छ ।

आगामी साउन २० बाट अनिवार्य अवकाशको पत्र पाइसकेका कायममुकायम प्रधानन्यायाधीश कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने सम्भावना छ।

ट्रेन्डिङ ( साप्ताहिक )