Logo
२२ साउन २०८३, शुक्रबार

मुख्यसचिवमा वैकुण्ठ, वैरागीको राजीनामा स्वीकृतसँगै नयाँ जिम्मेवारी

अक्षरपाटी
२०८० जेठ ३२ , बिहीबार ११:०६ मा प्रकाशित

काठमाडौं। आज बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यसचिव शंकरदास वैरागीले दिएको राजीनामा स्वीकृत गरेको छ।

उनको राजीनामा स्वीकृत गर्दै सरकारले नयाँ मुख्य सचिवमा डा वैकुण्ठ अर्याल नियुक्त गरेको हो।

सरकारले बैरागीको राजीनामा स्वीकृतसँगे उनलाई नयाँ जिम्मेवारी समेत प्रदान गरेको छ।

उनलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरेको हो।

हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन्।

सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिँदै छ।