Logo
२१ वैशाख २०८१, शुक्रबार

पहिलो पटक ‘स्पेस एण्ड डिजाइन’ एक्स्पो

अक्षरपाटी
२०८० असार १ , शुक्रबार ०७:०६ मा प्रकाशित

काठमाडौ । काठमाडौको कमलपोखरीस्थित सिटी सेन्टरमा ‘स्पेस एण्ड डिजाइन’ एक्सो सुरु भएको छ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनको आयोजनमा पहिलो पटक ‘स्पेस एण्ड डिजाइन’ एक्सो’सुरु भएको हो।

‘स्पेस एण्ड डिजाइन’ एक्सोको उद्घाटन ‘मिस नेपाल वल्र्ड २०२३’की विजेता श्रीच्छा प्रधान, ‘मिस नेपाल अर्थ २०२३’ विजेता रैना मजगैयाँ र ‘मिस नेपाल इन्टरनेशनल २०२३ ’ की विजेता प्रसिद्धी शाहले गरेका हुन्।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइन मा अध्ययन गरेका विद्यार्थीले आफनो दक्षता प्रदर्शनका साथै नेपालमा इन्टरियर डिजाइनको महत्वलाई उजागर गर्नका लागि एक्स्पोको आयोजना गरिएको ‘आईआईएफटी’ को कार्यकारी निर्देशक विपना थापाले बताइन्।

निर्देशक थापाले भनिन्, ‘यो आईआईएफटीले पहिलो पटक सुरु गरेको ‘स्पेस एण्ड डिजाइन’ एक्स्पोले नयाँ पुस्तामा भएको प्रतिभालाई उजागर गर्ने अपेक्षा लिएको छु।’