Logo
१९ वैशाख २०८१, बुधबार

असहज भएपछि राष्ट्रपति पौडेल पुनः अस्पताल भर्ना

अक्षरपाटी
२०८० असार २ , शनिबार ०९:०६ मा प्रकाशित

काठमाडौं २ असार। स्वास्थ्यमा पुनः समस्या भएपछि राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना भएका छन्।

गएराति स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राति अलि असहज भएपछि अस्पताल लगिएको र चिकित्सकहरुले कमजोरीका कारण असहज भएको सचिवालयले जनाएको छ।

गत मंगलबार पनि राष्ट्रपति पौडेलको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गरिएको थियो।

राष्ट्रपति पौडेललाई राति नै त्रिवि शिक्षण अस्पतालबाट मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।

गत वैशाखमा राष्ट्रपतिको स्वास्थ्यमा समस्या देखिएपछि भारत लगेर उपचार गरिएको थियो।

उनलाई मुटु सम्बन्धि समस्या रहेको बताइएको छ।

रामचन्द्र पौडेल राष्ट्रपति