Logo
२२ वैशाख २०८१, शनिबार

काठमाडौं महानगरप्रमुख बालेनको चेतावनीले सामुदायिक विद्यालयको आन्दोलन स्थगित

अक्षरपाटी
२०८० असार ३ , आईतबार ०१:०६ मा प्रकाशित

काठमाडौं ३ असार। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको चेतावनीपछि सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीले आन्दोलन फिर्ता लिएका छन्।

सरकारले वार्ताका लागि समिति गठन गरेको र आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन आह्वान गरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएको हो।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता टोली गठन गरेर सम्वादको वातावरण बनाउन आग्रह गरेको भन्दै विद्यालय बन्दको कार्यक्रम तत्कालका लागि स्थगन गरिएको परिषद्ले जनाएको छ।

वार्ताको माध्यमबाट आन्दोलन राखिएका मागहरु सम्बोधन गर्न सरकार गम्भिर नदेखिएमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेमा, विगत वर्षहरुमा भएका र गरिएका सहमति र सम्झौताहरु कार्यान्वयन नगरेको खण्डमा पुनः आन्दोलनका कार्यक्रम अगाडि बढाउने परिषद्ले चेतावनी दिएको छ।