Logo
२२ वैशाख २०८१, शनिबार

आज अन्तर्राष्ट्रिय योग दिवस, प्रधानमन्त्री भन्छन्ः नेपाल योगाभ्यासका लागि सुन्दर भूमि

अक्षरपाटी
२०८० असार ६ , बुधबार ११:०६ मा प्रकाशित

काठमाडौ ६ असार। आज अन्तर्राष्ट्रिय योग दिवस। नेपालका विभिन्न स्थानमा योग साधना तथा विविध कार्यक्रम गरी मनाइँदैछ।

हरेक वर्ष जुन २१ दिन अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ। संयुक्त राष्ट्रसंघको महासभाले सन २०१४ मा निर्णय गरेपछि २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय रुपमा योग दिवस मनाउन सुरु भएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको ६९ औँ महासभामा योग सबैका लागि सँधैका लागि आवश्यक भएको भन्दै अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए।

प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसंघका स्थाीय सदस्य राष्ट्रले समर्थन गरेका थिए।

नेपालमा भने विक्रम संवत २०३६ माघ १ देखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो।

योग दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सुभकामना व्यक्त गरेका छन्। त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले योगाभ्यासका लागि नेपाल सुन्दर भूमि भएको बताए।

उनले योगसम्बन्धी ज्ञान विज्ञानको अध्ययन गरिरहेका अध्यताका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने बताए।

पूर्वीय दर्शन सभ्यताको विकास भएको नेपाल नै योगाभ्यासको मूल भूमि मानिँदै आएको छ।

प्रधानमन्त्री दाहालले योग नेपालकै अमूल्य निधि भएको बताउँदै प्राकृतिक वातावरणको हिसाबले परिकल्पना गरेका योगमाया आयुर्वेद विश्वविद्यालयले आगामी दिनमा विश्वस्तरीय विश्वविद्यालयका रुपमा आफूलाई स्थापित गर्दै प्राज्ञिक नेतृत्व गर्नुपर्ने बताए।

मासिले स्वस्थकर जीवन जीउन शारीरिक, मानसिक र मनोवैज्ञानिक रुपमा सबल बनाउन योगले सहयोग पुर्याउने प्रमाणित विषय भएको प्रधानमन्त्रीले बताए।

योग दिवस