Logo
१५ वैशाख २०८१, शनिबार

क्रिस्टिन हरिला र तेन्जेनले राखे ९२ दिनमा १४ वटा हिमाल आरोहण गरेर विश्व कीर्तिमान

अक्षरपाटी
२०८० साउन ११ , बिहीबार ०१:०७ मा प्रकाशित

काठमाण्डौ,११ साउन । नर्वेजियन महिला पर्वतारोही क्रिस्टिन हरिला र सङ्खुवासभाका तेन्जेन (लामा) शेर्पाले ९२ दिनमा १४ वटा हिमाल आरोहण गरेर विश्वकै सबैभन्दा छिटो आरोहणको विश्व कीर्तिमान बनाउनुभएको छ । उहाँहरुले आज पाकिस्तानको के–२ माउन्टेनको सफल आरोहण गर्नुभयो ।

सेभेन समिट ट्रेक्सका आरोहण निर्देशक छाङ दावा शेर्पाका अनुसार क्रिस्टिन र तेन्जेनले आज बिहान साढे ११ बजे विश्वको दोस्रो अग्लो चुचुरोमा सफल आरोहण गर्नुभएको हो । योसँगै ८ हजार मिटर अग्ला सबै १४ चुचुराको आरोहण सबैभन्दा छिटो पूरा गर्ने आरोहीको कीर्तिमान बनेको छ । यो काम ९२ दिनमा सकिएको हो ।

८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण ९२ दिनमा पूरा गरेको एसएसटीका प्रबन्धक थानेश्वर गुरागाईँले पनि बताउनुभयो । यसअघि निर्मल पुर्जाका नाममा रहेको ६ महिना ६ दिनको कीर्तिमान तोडिएको छ ।