Logo
२९ कात्तिक २०८२, शनिबार

हाइटेन्सन लाइन मुनी रहेको पार्टी कार्यालय सार्न राप्रपाले माग्यो २१ दिनको समय

अक्षरपाटी
२०८० साउन १६ , मंगलबार ०४:०८ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यालय सार्न काठमाडौं महानगरपालिकासँग २१ दिनको समय माग गरेको छ। महानगरलाई पत्र लेखेर कार्यालय सार्न राप्रपाले २१ दिन मागेको हो।

बिजुलीको हाइटेन्सन लाइन मुनी रहेको पार्टी कार्यालय महानगरले हटाउने तयारी गरेपछि राप्रपाले समय मागेको महानगरले जनाएको छ।

महानगरले शुक्रबार राप्रपाको पार्टी कार्यालय सार्न तीन दिनको समयावधि दिँदै सूचना जारी गरेको थियो। सूचनालाई राप्रपाले अटेर गरेको भन्दै महानगर प्रहरी सोमबार डोजर लिएर हाँडीगाउँसम्म पुगेको थियो।

राप्रपाका कार्यकर्ताले सडकमा गाडी तेर्साएर डोजर जान अवरोध गरेका थिए। यहीबीच राप्रपाले समय माग गरेको हो।