Logo
२२ वैशाख २०८१, शनिबार

एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेर नेपाली क्रिकेट टोली फर्कियो

अक्षरपाटी
२०८० साउन १८ , बिहीबार ०३:०८ मा प्रकाशित

काठमाडौं,१८ साउन। एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेर नेपाली राष्ट्रिय टोली बिहीबार नेपाल फर्किएको छ । नेपाली टिमले समूह चरणमा खेलेका तीन मध्ये २ खेल हारेको थियो ।

एसीसी इमर्जिङ टिम्स एसिया कपपछि नेपालले श्रीलंकाका ४ टिमसँग अभ्यास खेल खेल्यो । स्वदेश फर्किएपछि कप्तान रोहित पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै श्रीलंका भ्रमणबाट धेरै कुरा सिकेको बताए ।
‘हामीले यस पटक धेरै कुरा सिकेर आएका छौं । हामीले विशेषत ब्याटिङमा सर्ट बलहरुमा काम गरेका छौं’ उनले भने ।

नेपालले ५ जना सिनियर खेलाडीलाई श्रीलंका लगेको थिएन । जसले गर्दा नेपाली टिममा युुवा खेलाडीको बाहुल्यता थियो । नेपाली युवा टिमले राम्रो एक्सपोजर सहित सिक्ने मौका पाएको कप्तान रोहित पौडेलले बताए ।

‘युवा खेलाडीले एक्सपोजर पाए । राम्रो टिमसँग भारत ए र पाकिस्तान ए सँग खेलेपछि राम्रो टिमसँग कसरी खेल्ने भन्ने अनुभव बटुले । राम्रो बलिङ र ब्याटिङ भएको टिमसँग खेल्दाको अनुभव पाए । गेम सिनारियो पाए । यसले गर्दा एसिया कपमा मद्धत मिल्नेछ ।’

कप्तान रोहित हाल नेपाली टिम बिस्तारै सिक्दै र बढ्दै गरेको टिम भएकाले ठूलो आशा गर्नु व्यावहारिक नभएको बताए ।