Logo
१० भदौ २०८३, बुधबार

सप्तकोसीमा पानीको बहाब बढ्यो, कोशी ब्यारेजका सबै ढोका खोलियो

अक्षरपाटी
२०८० साउन २९ , सोमबार १०:०८ मा प्रकाशित

धरान,२९ साउन । सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ। पुर्वी पहाडि जिल्लाहरुमा लगातारको बर्षात भएपछि सप्तकोसी नदीमा पानीको बहाब बढेर यो वर्षकै उच्च भएको हो।

सप्तकोसीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राइले बताए। उनले सप्तकोसीमा पानीको बहाब उच्च भएपछि आसपासका बासिन्दालाई सुरक्षामा उच्च सर्तकता अपनाउन अनुरोध गरिएको जानकारी दिए।

सप्तकोसीमा आइतबार राति पानीको बहाब प्रति सेकेन्ड ४ लाख ४२ हजार क्युसेक पुगेको थियो। सोमबार बिहान पानीको बहाब प्रतिसेकेन्ड ४ लाख ३९ हजार क्युसेकमा झरेको डीएसपी राइले बताए‍। सप्तकोसीमा पानीको बहाब प्रतिसेकेन्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ। भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ।

ट्रेन्डिङ ( साप्ताहिक )