Logo
१० जेठ २०८१, बिहीबार

आज १६औँ पुस्तकालय दिवस

अक्षरपाटी
२०८० भदौ १५ , शुक्रबार १०:०९ मा प्रकाशित

काठमाण्डौ,१५ भदौ । आज १६ औँ पुस्तकालय दिवस मनाइँदैछ । यसवर्ष ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ नाराका साथ दिवस मनाउन लागिएको हो ।

देशभर झण्डै ९ सय २५ वटा पुस्तकालय रहेको तथ्याङ्क छ । तर भूकम्प गएको आठ वर्ष बित्दा पनि सरकारी पुस्तकालयका भवन पुनर्निर्माणको काम अधुरै छ । सरकारी पुस्तकालय भद्रगोल छन् । केशर पुस्तकालयको निर्माण गति सुस्त छ । ललितपुरको पुल्चोकमा रहेको राष्ट्रिय पुस्तकालय भक्तपुरको सानोठिमीमा सारिएको छ ।

सानोठिमीमा पनि अस्थायी टहरामा छ । जमलको केन्द्रीय कानुन पुस्तकालयको भवन निकै पुरानो भइसकेको छ । लाजिम्पाटको डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयको नयाँ भवन निर्माण गर्ने योजना भए पनि जग्गासम्बन्धी विवाद छ ।