


धनगढी । भारतको लखनउमा आयोजना हुने पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुलले सहभागिता जनाउने भएको छ।
यहि नोभेम्बर २ देखि ६ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागीताका लागि विद्यालयका खेलाडीहरूलाई शनिबार बिदाई गरिएको छ। विद्यालयका प्लस टु कार्यक्रम संयोजक अमृत श्रेष्ठ र व्यवस्थापक अभिषेक श्रेष्ठले खेलाडीहरूलाई टीका लगाएर सफलताको शुभकामनासहित बिदाइ गरेका हुन्।
लखनउस्थित सिटी मन्टेश्वरी स्कुलको आयोजनामा हुने प्रतियोगितामा विभिन्न देशका महिला तथा पुरुष टोलीहरूको सहभागिता रहनेछ। प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १६ टोली सहभागी हुने व्यवस्थापक अभिषेक श्रेष्ठले जानकारी दिए।
खेलाडीहरूलाई बिदाइ गर्दै श्रेष्ठले प्रतियोगितामा जित र हारलाई मात्र प्राथमिकता नदिन आग्रह गरे। अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुँदा प्राप्त हुने अनुभव, ज्ञान र सीप महत्वपूर्ण हुने उल्लेख गर्दै उनले त्यहाँ सिकेका कुरा स्वदेश फर्किएपछि अन्य विद्यार्थीसँग पनि बाँड्न खेलाडीहरूलाई सुझाव दिए।
पढाइसँगै खेलकुदलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताए।
लखनउस्थित सिटी मन्टेश्वरी स्कुलले हरेक वर्ष विभिन्न अवसरमा खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगितामा सिसिएस (क्रेसेंट सिटि स्कुल) स्कुलको सहभागिताले विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने तथा खेलकुदसम्बन्धी नयाँ अनुभव र सीप हासिल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
सिसिएक स्कुल

