Logo
५ जेठ २०८१, शनिबार

नेपाल र भारतबीचको खेल हेर्न जनकपुरका विद्यालयमा दिउँसो २ बजेपछि बिदा

अक्षरपाटी
२०८० भदौ १८ , सोमबार १०:०९ मा प्रकाशित


काठमाण्डौ,१८ भदौ । नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधाम भित्रका विद्यालयमा दिउँसो २ बजेदेखि बिदा दिइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका कार्यालयले सूचना निकालेर दिउँसो २ बजेदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको जनाएको छ । यसअघि गएको बुधवार १३ गते नेपाल र पाकिस्तानबीच भएको खेल हेर्न पनि जनकपुरधाम उपमहानगरले विद्यालयहरुमा बिदा दिएको थियो ।

एसिया कप क्रिकेटमा आज नेपाल र भारत खेल्दै छन् । खेल दिउँसो सवा ३ बजे श्रीलङ्कामा हुँदैछ । आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ । यस्तै, खेल रद्द भएमा भने भारतले सुपर फोरमा स्थान बनाउने छ । नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् ।

उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो भने भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो ।