Logo
१५ वैशाख २०८१, शनिबार

बालेन : एक युगको अन्त्य र आरम्भ

अक्षरपाटी
२०८० भदौ २९ , शुक्रबार ०३:०९ मा प्रकाशित

० सविता तुम्बापो लिम्बु
० अनिता घिमिरे

बालेनको यो अवतरण र आगमन कसरी संम्भब भयो, यो संकटको समयमा पनि ?
बालेनको आगमन भन्दा पहिले ‘काठमाडौं सहर हेर्दैमा लाग्छ लहर’को बारेमा केही चर्चा गरौँ ।

आठ दशकदेखि काठमाडौंको नेतृत्वले देशभरी नै आदीबासीहरुको ढाडमा ज्यादतीका लाठी बर्सायोे, तामाङ्गहरुलाई पिपा करार दिएर रातारात चार भन्ज्याङ पारी कटायो, दलीतहरुलाई थोरै थोरै स्वास छोडेर कहिले उठन नसक्नेगरी जमीनमा दफन गर्यो, थारुहरुलाई थर्कायो, चेपाङ्गलाई बनमान्छे करार दियो, माझीहरु बस्ने र लदी पूजा गर्ने नदीनालालाई मरुभुमीको रेतमा परिणत गर्यो, मधेशीहरुलाई सिमाना छेउ किनारमा पुर्यायो।

यो केन्द्रको कर्तुतहरु, कर्महरुको कथा कहानी यो जुनीमा पनि भनीसुनी सक्नु छैन। तर यही केन्द्रको सेरोफेरोबाट केही आसको दियो बल्छ, प्रकासको आगमनको आभास हुन्छ।

यो निरासाको बादलले छप्पकै छोपेको केन्द्रमा मेयर बालेन शाहको यस्तो आगमन भो, त्यो कसरी ?

कल्पना गरौ जब मेयर साबको यो अस्तित्व सपना हुँदै न्यानो गर्भतिरको यात्रा गर्दा यो शहरको सुन्दर बिराषतको संम्भावना, बिलक्षण र कल्पनाहरुको बिजको तरङ्ग, उर्जाहरु वहाँको आमाको काया हुँदै प्रवेश भो होला नि ।

उहा जन्मिनु अघि दूर दराज महोतरीको जमीन जंगलमा काम गरीरहेको बा–आमाको कानमा काने रेडियोले यो शहरको बिराषत, बैभव, गरीमाका सुनौलो कथा कहानीहरु अरुले नसुन्ने गरी सुस्तरी सुटुक्क सुनाउथ्यो होला !
बहुन रमाइलो रहस्यमयी कुरो भो होइन त ? अनि बाक्क, दिक्क प्याक्क हुँदै यो सहरको राजनीति खिचातानी, भागेका भगबानहरु, भत्केको मन्दिरहरु, चित्कारहरुको बारेमा फु फू फु फुक्थयो होला, ठिक सात बजे साँझ।

संम्भाबनाको सरल गफ दिनु, नभए बिध्वंशको बाजा बजाउनु नै त हो काने रेडियाकोे काम, बिचराले के गरोस त। बिचरा बिलाएर कतै गायब भो त्यो काने रेडियो पनि । यसको आबाज कहि कतै सुनिदैन अचेल ।

संम्भाबनाको सरल गफ दिनु, नभए बिध्वंशको बाजा बजाउनु नै त हो काने रेडियाकोे काम, बिचराले के गरोस त। बिचरा बिलाएर कतै गायब भो त्यो काने रेडियो पनि । यसको आबाज कहि कतै सुनिदैन अचेल ।

लेखक : सविता तुम्बापो लिम्बु

मेयर साबको बालापनअघि पछि, किशोर अबस्थामा रहँदा यो राजधानीले भने कयाँै सुनामी ज्वारभाटाहरु भोगिन, छातीबाट ज्वालामुखीको लाभाहरु ओकलेकी छिन, कति रगत, पसीना, तनाबहरुलाई यो टुकुचाको धमीलो पानीसँगै बगाइन्।

एकछिन ईतिहासतिर फर्कौन हामी, साबको जन्म यही कँही एक, दुई बर्ष धेरथोर, २०४६ बहुदलीय प्रजातन्त्र, २०४७ नेपालको संविधान, २०५२, सशस्त्र संघर्ष सबै उत्पीडनमा परेको वर्ग समूहहरु र आदीबासीहरुको पहिचान न्यायको लागि युद्ध भनेर भनियो तर सबैलाई बिच्काएर बेबारीसे बनायो।

२०५८ दरबार हत्याकाण्ड बिरेन्द्रको बंश सबै सखाप, २०५९ ज्ञानेन्दद्वारा सरकार कब्जा, २०६२ दोस्रो जनआन्दोलनको लर्को, यसक्रममा कयौँ नेताहरु, मन्त्रीहरु बने त्यसमध्ये केही अरबौँको सम्पती, श्रीमती, सोल्टासोल्टीनीहरु सबैलाई सरक्कै छोडेर, यही धर्तीमै कता हो कता बिलीन भए। अतोपतो छैन, वहाँहरुको बारेमा कसैलाई वास्ता छैन अहिले।

बिलीन हुन बाँकीहरु केही आफैले बनाएको भुलभुलौयामा घुमेकोघुम्यै छन् त केहीहरु भु–माफीया, जल, थल, मंन्दीर मानव माफियाहरु जाम्भीमा बदलिएका छन्, मेटामेरफसिस भएर। केही जेलमा नेलसँग सजीएर बसेका छन्।

अनवरत लडाईहरु प्रजातन्त्र, लोकतन्त्र, बहुदलीय गणतन्त्र देश र जनता समृद्धि, लागी भन्नलाई त भनियो तर के के उटपट्याङ्ग गरे ति तपाईँहरुको अगाडि स्पस्ट छ।

अर्कातिर माथि उल्लेखित सालतिर, कालखण्डमा मेयरसाब धर्ती टेकेर, तातेताते गर्दै, गुच्चा लडाउँदै, साईकिलको रीङ्ग बासको लठीले गुडकाउँदै, किसोरतिरको मस्त यात्रामा हुनुहुन्थ्यो।

साबले सानोमा दशैँतिहारको छुटिमा महोतरीमा जाँदा रहँदा खरले छाएको छाना, माटोले बनेको मिटीघर, बाढीले बगाएको बाटो र चर्केको पटके पुलहरुमा ईन्जीनियरीङ्गको केही न केही अभ्यास, योजना गरेको हुनुपर्छ।

र्यापको सुर ताल, संगीतको ज्यामीतीसँगै मन्दीर, पाटी, नदीहरुको डिजाईन पनि भएको होला।

यो शहरमा धुलो हिलो लडीबुडी गर्दा माटोसँग बहाँको माया बसेको हुनुपर्छ। अल्लारे भएर यायाबर, स्वतन्त्र भएर हिँड्दा यहाँको बिच्छटै सून्दर सजिब कला, उजाहरुले पे्रमील न्यानो काख र छातीमा राखेर हुर्काएको हुनुपर्छ।

यहाँको देवीदेवताहरु, कुमारी, पशुपतिनाथ, बुद्धहरुले पनि अपार प्रेम र करुणाले पुलपुल्याउँदै सामुहिक ज्ञान र चेतना, स्मृतीे मन्त्रको ध्वानीहरुले साबमा कानमा फुकेर उच्च चेतना मन्त्रहरुले बहाँको शरीर, बुद्धि र आत्मालाई दिक्षीत गरेको हुनु पर्छ। यो सबै प्रेम र करुणको कृति हो।

खै के नयाँ गरे त?
हो नी, नयाँ गरेको केही होइन। कालोे सुट, चस्मा लगाएर मेयर साबले आकाशतिर हेरेर अमेरीका युरोपको मृगतृष्णाहरुले भरिएको सपना पनि देखाएनन्, मात्र अलिकति निउरिए धर्तीतिर हेरे, माटोलाइ छोए, टुकुचातिर टोल्याए।

लाजमर्दो उधाङ्गो तवरले हामीले भोगचलन गरेको तमाम विषय चिजहरु, मन्दीर, देवलहरु, खम्बा र ढोकाहरुमा अढेस लाएर केही सुस्केरा लीए, केही जीवन उर्जा लिए अनि केहीदिए पनि।

फोहोर उठाए, रोड टालेर हिँडे, फुटपाथ, जथाभावी तारका गुजुल्टा मिलाए, कर उठाए, उजुरीको लागि कल सेन्टर १६६००१-०५५११को ब्यबस्था गरे, टुकुचालाई सलल बग्न दिए, सुन्दर सरसफाई, पार्कहरुको जात्राहरुको लागि बजेट र ब्यबस्थापन गरे, ९९ विद्यालयमा जीवनपयोगी शिक्षा, ३२ बडामा एक, डाक्टर, एक नर्स, एक ईन्जीनियर, नो राजनीतीक फर विद्यार्थी, शिक्षक, प्रध्यापकहरुको लागि, महानगरको एप, १०२ एम्बुलेन्सकोे ब्यबस्था, आईडा ब्यान्कहरु गर्ने रोजगारको अफर, अनि अन्य विविध चामत्कारीक कार्यहरु।

लेखक: अनिता घिमिरे

साथै, सक्क्ली सुकुम्बासी, नेवाहरुका समस्याकोे पनि गरीमामय ढङ्गले समाधान आउलानी।

यथास्थिति, परिस्थिती, परीणामहीन कार्यहरुमा यति धेरै आदी भएको हामी असल कार्यहरुप्रति उत्साहीत हन समय लाग्छ, यो पुरानै बानी हो।

वहाँको कारणले धेरै कुराहरु सुन्दर सजिब भएर आएका छन। यो नेवा भूमिका पितृ पुर्खाहरु नौजवानहरु जीवित जात्राहरुसँग हातेमालो गर्दै नाचेर जीवनको उमङ्ग र उर्जा भरीरहेका छन्।

टीकटक फेसबुकभरी बाटोमा मख्ख मस्केर मुस्कुराइृरहेकी चमेली फूलहरुले खुटटा उचालेर नाचीरहेका छन्।

साथीहरुको आँखाभरीको सपनाहरु, ओठमा मिठो मुस्कानहरु र उत्साहहरु बोकेर आकाश सपनाको रकेट उडाउँदै बिद्यालय गएको देखेर स्वर्गीय उज्जव्ल बिकको आत्मा पनि दंग छ।

स्कुलमा आफु, स्यम् संस्कार धमिल्याउने आधुनिक कखरा ज्ञान मात्रै होइन आफ्नै पुरानो जरा, आफनै थातथलोसिने भुमे, संस्कृतिकोे धर्तीको बासनाको ज्ञान कुरा सिक्नेछन। लौ, धर्ती भन्दा झसङ्ग भो, याद आयो, प्रिय कबि स्व.भिम दर्शन रोकाको
. . . .. . . . . . . .
मेरै आफनै धरती छाडी
कहिले प्रयास भरे भने पनि
तिमी मलाई हावाले हान्नु
पानी पार्नू, असीना पार्नू
बिजुली चुल्ठोले बाटो छेक्नु
तल मेरै धरतीमा पयाक्नु,

. . . खै के नयाँ गरे? यहा केही हँुदैन, जस्ता प्रसंगहरुले हामीलाई यो बर्ष खेदीरहेको छ अब यहाँ गरे किन हुदैन ? मैले के गर्ने र म के गर्छु ? भनेर सोच्नु पर्ने बेला आएको छ।

साँच्चै प्रगती गर्न, कालजयी सृजनात्मक कार्य गर्न आफैभित्र र बरपर हेरे महसुस गरे, अन्तरदृष्टी भए काफी हुने रछ कि के हो?

त्यसैले नेपालमा केही हुँदैन भन्दै हैरान निराशाको चुस्की, घुटकी पिउने एक साथीको कानमा


हजार सपनाहरुको माया लागेर आउँछ।
कता कता बाच्ने रहर फेरि भएर आउँछ ।
…भन्दै सुसेलिमा गुनगुनाउन मन लाग्छ ।
….कर्मचारी शक्तिसाली, ३० हजारको तलब ३० घरबारी,
गाई त बाँध्यो ढुंग्रोमा मोई छैन,
गरिबको चमेली बोल्दीने कोही छैन ….(र्याप गीतको अंस)

…. र्यापरले के नै उखाडला जस्ता रोचक प्रसंगहरु चल्थे चल्नेछ । किनकी नयाँ कुरोलाई स्वीकार्न समय चाहिन्छ।

हईट, जसले जे भने नि मेयरसापको सृजनात्मक कार्यले नेतृत्वमा केही नयाँ आयामहरु, केही नयाँ संम्भावनाहरु भने अवस्य ल्याएकोे छ।

अहिले तमाम सिद्धान्त, दर्शन, गफ भन्दा पनि प्रबिधिमैत्री कार्य, त्यसको परिणाम अहिलेको आवस्यकता हो। इमान्दारिता र जनताप्रति वफादार भइदिनु अहिलेको चाहना हो ।

परम्परागत तथा कथित लोकतान्किक नेतृत्वहरु जुन अहिले तमाम राजनीतिक, संस्थागत नेतृत्वहरुको आधारशिला होे । तीभन्दा अलिक फरक, उच्च स्तरको नेतृत्वको प्रयोग साबको टीमबाट सुरु भएको छ।

त्यो हो साईबर नेतृत्व अथवा एआई प्रबिधिको प्रयोग। मानवीय चेतना र परीणाम मिश्रित त्रिकोणत्मक लिडरसीप जुन सदगूरु जाग्गीबासुदेबको भनाइ अनुसारको समाबेसी, अन्तरदृष्टी र अखण्डता तीनवटा नेतृत्वहरुको आधारभूत विशेषताहरुले बाँधिएको छ।

मेयर बालेन र टीमको नेतृत्वशैली भाषणको लागि मात्र ५ मिनेट समय, अत्यधिक प्राविधिधी डाटा, रिसर्च बेस एक्सन र रिजल्टबेस छ।

यो ताजा र लीवन्त नेतृत्व जस्तो सबै पार्टी, संगठनहरुबाट हजारौँ बालेनहरुको सुन्दर जन्मबाट हुनेछ।

त्यसपछि ३० हजारको तलबले बनाएको ३० बटा घरबारीहरुको मालिक शक्तिसाली कर्मचारीहरु सरुवा ठिगाना कहाँ? हालत कस्तो हुनेछ ? पाठकहरु, तपाइहरु नै कृपया जानकारी दिनुहोला।

यो दिन र कालमा बाद र पार्टी भन्दामाथि सबैको कर्ता, नायककोे रुपमा स्वीकारिएको बालेनहरुलाई साथ, सहयोग र योगदानको लागि सबै तत्पर छन्, त किन र कसरी उहाँहरुले खुट्टा कामाउने ?
आदणीय दिग्गज नेतृत्बहरु असफल त्यो पनि कसरी भो?
हो नि, पश्चिममा सन १७ सताब्दीबाट सुरु भएर सन १९७० तिर मृत्यु भैसकेको तथा कथित समाजवाद, साम्यवाद के के तन्त्रहरुले समाजलाई र देशलाई विकासको चरम उत्कर्समा पुर्याउने वाचा गरेको नवयुबराजहरुको कर्महरु सबैमाझ ऐना सरी छर्लङ्ग छ।

सम्मुनतको नाराले सबैलाई दिगभ्रमीत, ब्रेनवास गरेर, लिम्बुवान युवालाई लाउरे जान, युबालाई स्वदेश छोडन बाध्य बनाउने अनि देशमा आफनो प्रभुत्व हुकुमी कायम गरेको अहिलेसम्मको सबै सिनेमा पनि सबैलाई छर्लङ्ग छ।

त्यसैले प्राय कर्याकर्तामा नेतृत्वप्रति आस्था सून्यतामा बिलाएको छ भने जनताले पनि नेताहरुको भाग्य र नियतिहरुलाई ओरालो लागेको हरीणलाई जस्तै ओरालो खेदिरहेका छन्।

बाँकी त्यसैले गपैmगफ, भाषण, कविता सायरी वाचन, सबै बकम्फुसे गफहरु मात्र गर्ने नेताहरुले देश र जनताको भविस्यलाई अग्रगामी होइन प्रतिगामीतिर डोर्याइरहेका छन किनकि यो तपाईँहरुलाई प्रस्ट नै छ।

पुरानो राजनीतिक दर्शनहरुका साम्यवाद र समाजवाद, प्रजातन्त्रवादको ब्रमाण्डकीय पूर्ण रुपमा सुद्ध सिद्धान्त, दर्शनमा आधारीत छन् यसको सृजना, उत्पादनमा, विश्वव्यापीकरणमा कुनै र केही सम्बन्ध सदभाब छैन।

चुरो समस्या यही हो, यो सबैलाई थाहा छ। बिडम्बना यो एक्सन, सृजना, उत्पादनमा, विश्वब्यापीकरणका युगलाई आत्मासाथ गर्ने हाम्रो नेतृत्वहको चेत र चिन्तन भने सून्य, सून्य, परम् सून्यमा छ।

यो युगमा माथि उल्लेखित सिद्धान्त उद्धबोध भएको देशहरुमा अहिले लुगा सिउने सियो, दाँत कोट्याउने सिन्को समेत बन्दैन भने नेपालमा केही आस गर्नु अभिसाप हुनेछ। “थेन पोखबाबे लाजले स्याङ्गलो” लिम्बु भाषामा लौ के भा को नी, लाजले मर्छुकी के हो ?

बालेन, मेयरहरुको युगको अन्त्य ?
संसारमा सबै चिज अनिश्चित छन्, एक मात्र पूर्ण सुनिश्चित छ त त्यो हो सबैको अन्त्य।

मेयर साबको युगको कुरा के नौला भो र? कुनै अच्चम भोर? यसको अरु उपाय र बिकल्प छैन किनकि यहाँ कोही, केही अमर छैन। तर प्रश्न रह्यो कि केही, कोहीको अन्त्य कसरी हुन्छ ?

यहाँ सबैकोलागि दुईबटा बाटाहरुको सम्भाबना मात्र देखिन्छन्। कि लार्भा, कि पुतलीको नियति।

नेतृत्वहरुने कित ढुसीएको जालाहरुलाई तोडेर पुतलीहरु जस्तै नाच्दै रंगीचंगी सृजनामा होमिएर सबैको लागि सयौँ वर्ष बाच्ने कृतिहरु सृजना गर्नतिर तल्लिन हुनु पर्यो, होईन भने अर्को बिकल्प लार्भा र माकुराको नियती भोग्ने।

भनिन्छ, पुतली बन्न नसकेको लार्भाहरु धेरै खाना खाएर आफ्नै बिस्टाले पुरीएर मर्छ । हेर्नु न मुखिया माकुरा पनि आफैले बुनेको जालमा सयौँ पटक बेरीएर घिटघिट हुँदै परलोक जान्छन् रे नी।

संसारको कर्म, धर्म र कर्मफलकोे नियम हो नी यो । यसलाई तोड्न सक्न ल्याकत कोसँग छ र ? जसले जे भने नी, मेयर कार्य, कृतिहरुको विस्तारहरुको प्रभाव छोेटो समयमा समग्र देशमा फैलिएको देख्दा ईस्लामिक दार्शनिक, सुफी कबि जलालादिन रुमी र सन्त कबिरको भनाइ कताकता चररितार्थ भएजस्तो महसुस हुन्छ।

रुमी र कबिर लेख्छन् कि– सारा ब्रमाण्ड एक मानिसभित्र समाहीत छ । त्यसैले एक व्यक्तिको चेतना, कार्य, उपस्तिति नै आमुल परीवर्तनका लागि काफी हुन्छ। किनकी बाहिरी समाज, संगठन र संसार एक व्यक्तिको अन्तरनिहीत चेतनाको ब्यापक विस्तारित रुप मात्र हो।

मतलब, व्यक्ति, समाज र संसारको भित्र बन्ने, बग्ने चेतना, उर्जा रतरङ्गहरुको लय एकै हो र बाहीरी प्रकट घटना, कार्यहरु पनि एकै हुन्छ, बाँकी त साहायकहरु मात्र हुन्। यसरी नै सारा ब्रमाण्डको प्रपण्च चल्छ, दीस ईज भेरी सिस्पल थीङ।
यहाँ प्रेम र करुणा कसरी ?
यो (काठमाडौं) नेवा भुमि। यो सहरले आफू कति अपमानित भएर आन्दोलन, पीडा, हत्याहरु, हिसाहरु सहेर पनि सबैलाई बेसुमार पे्रम, सपना र संम्भावनाहरु बर्सायो।

हात्तीछाप चप्ललेहरु मन्त्री बने, प्रधानमन्त्री भए, विश्वनायक बनायो। दूई छाक खान धौधो भएको व्यक्तिलाई करोडौं र अरबको बन्डल बर्साईन्।

कखरा चिनेकाहरुलाई विस्व प्रकाण्ड विद्वान बनाइन। कति ज्ञानीहरु वुद्धहरु जन्माइन, कोही यहाँबाट कतै अन्त लागे, कोही अल्जाईमरको रोगी भएर सबै भुले।

अनि कोही जाम्बी भएर शहरलाई लुटे, लुछे। मन्दीरको मुर्तिदेखि ईटासम्म बेचे। भगवानलाई मन्दीरबाट भाग्न बाध्य बनाए।

खोलानालाको नागनागीनीको हत्या गरे, नदी, पाखा, जंगल केही बाँकी राखेनन्।

यहाँको पितृहरुको आत्माहरुलाई धुरक्कै रुबाए, युवालाई विदेशमा बेचे, मतलब सब सत्यानास। सयौँ बर्षदेखि रोइरहेको यो शहर बचाउने अन्तिम समय र मौका यो सन्ततीको हो तर यो शहर र सभ्यताप्रति कसैले सोचेन, कसैको करुणाको नजर परेन।

पर्यो त मात्र गिद्धे नजर। एकै गिद्धे नजरको गोली नै काफी हुन्छ कालो कालको लागी। यो शहरले कसैको पर्खाइमा धेरै बर्ष बिताएको थियो जसले यो सब कुरा भित्री हृदयमा महसुस गरोस।

यो शहरलाई आत्माको एउटा गोजीमा सम्हालेर राख्न सकोस। यस्तै केही पे्रमको प्याला, केही भक्तिको संगीत र करुणाको जलले भेरीएको करुवा बोकेर साबको ईन्ट्री भो।

यस्तो ईन्ट्रीको लागि हामी बर्षौ बर्ष पर्खनुपर्छ। यो प्रक्रिया समस्या, सिद्धान्तभन्दा अलिक पर चेतना भन्दा अलिक माथि, चिन्तनभन्दा अलिक उच्चबोध ज्ञान र शक्तिको यात्रा र बिस्तार हो।

यो नै सारा समस्या र परिस्थितीको प्रभावकारी ओखतिमुलो। यो नै प्रेम र करुणामा यस्तो जादु र शक्ति हो।

यो वा त्यो शहर सिंगारिन मनपराउँछे । उनको चाहना हुन्छ कि कसैकसैले उनलाई बेसुमार प्रेम गरोस, उनको हिफाजत गरोस, उनलाई उनकै स्वतन्त्रतामा रहन रमाउन दिईयोस।

त्यसैले सबै शहरहरुले र सबैले हिफाजतकर्ताहरु खोजिररहेका छन् र एक दिन ति शहरहरुले उहाँहरुलाई अवश्य भेटनेछन्। किनकी खाजिएको बस्तुले पनि खोज्नेलाई खोजिरहेको हुन्छ, किनकी यहाँ सबै कुरा पूर्णमा समाप्त् हुन्छ।

त्यसैले सबै शहरहरुले र सबैले हिफाजतकर्ताहरु खोजिररहेका छन् र एक दिन ति शहरहरुले उहाँहरुलाई अवश्य भेटनेछन्। किनकी खाजिएको बस्तुले पनि खोज्नेलाई खोजिरहेको हुन्छ, किनकी यहाँ सबै कुरा पूर्णमा समाप्त् हुन्छ।

शहरहरुको पितृपुर्र्खाहरुले जीवित सन्ततीहरुको चकचकले र उमङ्गले भरीएको जीवनको रंगहरु लुकेर चिहाउँदै आनन्द लिन चाहन्छन्।

भागेको भगवानहरुलाई मन्दीरमा फर्कन हुटहुटी हतारो छ्, युवाहरु आफ्नै शहरमा फर्कन चाहन्छन्।

अनि अझै कति अनुत्तरित प्रश्न, समाधन हुन बाँकी समस्याहरु, बिगारीएको बिछिप्त बिषयहरु छन। तिनलाई मेयरहरुले अबस्य संम्हाल्नु हुनेछ।

अब वहाहरुको हातले लेख्नेछ जुगले भुलेको हाम्रो कथाहरु कहानीहरु। एक झिनो आसा अझैपनि बाँकी छ । आसा नै जिन्दगीको भरपर्दो साथ हो । जीवनको ज्योती हो ।

अब मलाई मन छ हेर्न एक दिन मेयर साब साबनीहरुको शहरहरुमा यवाहरुले श्रम गरेको
मलाई मन छ हेर्न भविश्यमा देशभरीको युवाहरु आफ्नै शहरमा रमेको
मलाई मन छ पुरानै बाटो हुदै संरक्षणकर्ताहरुले सजाएको शहरहर फर्कन र धित मरुन्जेल घुम्न।
कस्तो गजब हुन्छ होला नी?
तपाईको मनमा चाही के छ?

बालेन शाह