Logo
२१ वैशाख २०८१, शुक्रबार

वामपन्थी एकता तत्काल हुदैन : प्रधानमन्त्री प्रचण्ड

अक्षरपाटी
२०८१ वैशाख ९ , आईतबार ०२:०४ मा प्रकाशित


धनगढी,९ आइतबार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकता नहुने बताएका छन् ।

आइतबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्काल वाम एकताको सम्भावना नभएको बताएका हुन् ।

उनले भने ‘अहिले वामपन्थी एकता होइन, राजनीतिक सत्ता समीकरणका रूपमा मात्र यसलाई हेरिएको छ । राम्रो काम हुँदै गयो, छलफल राम्रो हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्नेहरू एक ठाउँमा हुने सम्भावना पनि बढ्दै जान्छ । त्यस्तो भएन भने अप्ठ्यारो स्थिति पनि हुन सक्छ ।’

प्रधानमन्त्री सुदूरपश्चिम विश्वविद्यालयले आज आयोजना गर्ने चौथो दीक्षान्त समारोहका लागि धनगढी पुगेका हुन् ।