Logo
२५ असोज २०८१, शुक्रबार

सेयर बजारमा दोहोरो अंकको सुधार, २ अर्ब भन्दा माथि कारोबार

अक्षरपाटी
२०८१ वैशाख ९ , आईतबार ०५:०४ मा प्रकाशित

काठमाडौं,९ वैशाख । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम भएको छ।

यसदिन ३१० स्क्रिप्सको ६३ लाख ९३ हजार २४५ कित्ता सेयर २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँ बराबरको कारोबार भयो। सेयर बजार दोहोरो अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

सर्वोत्तम सिमेन्टको ७ लाख ८८ हजार,पिपुल्स पावरको ७ करोड १९ लाख,रुरु जलविद्युत परियोजना र पोखरा फाइनान्सको ६/६ करोडको सेयर कारोबार भयो। दुई समूहको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन्।

डेभलपमेन्ट बैंक र म्युचुअल फण्डको सेयर मूल्य ओरालो लाग्दा अन्य समूहको उपसूचक भने उकालो लागे । यसदिन कारोबारमा आएका १७६ स्टकको मूल्य बढ्दा ६३ वटाको घट्यो भने ६ वटाको मूल्य स्थिर रह्यो।