Logo
१२ वैशाख २०८१, बुधबार

प्रधानमन्त्री दाहाल र राष्ट्र संघका महासचिवबीच भेटवार्ता

अक्षरपाटी
२०८० असोज १ , सोमबार १०:०९ मा प्रकाशित

न्युयोर्क, अमेरिका। प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्र संघको मुख्यालय उनीहरूबीच भटवार्ता भएको हो।

महासचिव गुटेरेस र प्रधानमन्त्री दाहालबीच नेपालको शान्ति प्रक्रिया, शान्ति स्थापना, जलवायु परिवर्तन, एसडीजी, एलडीसी र विकास वित्तपोषणलगायतका विषयमा छलफल भएको छ।

साथै, नेपालमा संयुक्त राष्ट्र संघको संलग्नता र साझेदारीलाई अझ सुदृढ बनाउनेबारे पनि प्रधानमन्त्री दाहाल र महासचिव गुटेरेसबीच छलफल भएको छ।

एन्टोनियो गुटेरेससँगको भेटलाई लिएर प्रधानमन्त्री दाहालले खुसी व्यक्त गरेका छन्।