Logo
१८ वैशाख २०८१, मंगलबार

विदेशमा रहेका नेपाललीले पनि मतदान गर्न पाउने व्यवस्था गर्छुः प्रधानमन्त्री

अक्षरपाटी
२०८० असोज १ , सोमबार १०:०९ मा प्रकाशित

न्यूयोर्क १ असोज। प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने बताएका छन्।

संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन आइतबार न्यूयोर्क आएका प्रधानमन्त्री दाहालले पत्रकारहरुसँगको भेटमा मतदानको व्यवस्था गर्ने बताएका हुन।

उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई अनुरोध गरिएको जानकारी समेत गराए। कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित हुन नदिने उनको भनाइ थियो।

प्रधानमन्त्री दाहालले सरकार भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताए। उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको बताए।

उनलाई संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरेका थिए। प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेसेससँग भेटवार्ता गरेका छन्।

महासभालाई सम्वोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साईडलाईन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ। प्रधानमन्त्री दाहालले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

पुष्पकमल दाहाल