Logo
२१ वैशाख २०८१, शुक्रबार

नेप्सेमा दोहोरो अंकको गिरावट

अक्षरपाटी
२०८० असोज ७ , आईतबार ०४:०९ मा प्रकाशित

काठमाडौं,७ असोज । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। यसदिन नेप्से परिसूचक १९.४२ अंकले घटेर २०१०.३५ विन्दुमा पुगेको छ।

नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ। आज २८५ कम्पनीको ९० लाख ३ हजार ९४१ कित्ता सेयर २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २०६ रुपैयाँमा खरिदबिक्री भयो।

अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४४.३४ अंकले बढेको थियो। सो दिन ३ अर्ब २९ करोड ३९ लाख २१ हजार ३६८ रुपैयाँमा खरिदबिक्री भएको हो।

दोहोरो अंकले ओरालो लागेको बजारमा ३ वटा कम्पनीको मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

१३ करोड बढी मूल्यको सेयर कारोबार गरी माचापुच्छ्रे बैंक अग्रस्थानमा रह्यो। सन नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड र शिवम् सिमेन्टको ९१ करोडको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ उपसमूहमध्ये माइक्रोफाइनान्सबाहेक अन्यको सूचक नकारात्मक देखियो। १६६ कम्पनीको मूल्य घट्दा ६२ को मात्रै बढ्यो भने ३ को स्थिर रह्यो।