Logo
१९ वैशाख २०८३, शनिबार

अविरल वर्षापछि धनगढी जलमग्न

अक्षरपाटी
२०८० असोज ८ , सोमबार ०९:०९ मा प्रकाशित

धनगढी। गए रातिदेखि परेको अविरल वर्षाका कारण धनगढी जलमग्न भएको छ।

वर्षाका कारण मुख्य बजारको मुल सडकलगायत क्षेत्र जलमग्न भएको छ। वर्षाले सेती प्रादेशिक अस्पताल समेत लगमग्न भएको छ।

अस्पतालको प्रसूति बार्ड, अप्रेसन बार्डलगायत स्थानमा पानी भरिएको छ। वार्डहरुमा वर्षाको पानी पसेपछि बिरामीहरुलाई सास्ती भएको हो।

त्यस्तै सडक निर्माणको कार्य भइरहेको मुख्य सडकमा पानी निकास नहुँदा हिलाम्य हुनुका साथै जलमग्न भएका छन्।

अत्याधिक वर्षापछिको डुबानका कारण आवातजावातमा समस्या भएको छ।