Logo
२१ जेठ २०८३, बिहीबार

गजल

अक्षरपाटी
२०८० असोज १३ , शनिबार ०६:०९ मा प्रकाशित

O उषा जोशी
सूर्य प्रकाशको साटो केही माग्दैन त्यो प्रेम हो
श्वास दिएर पवन हिसाब राख्दैन त्यो प्रेम हो

आकास त्यो हेर उभिरहन्छ सधै छानो बनेर
नदीले दिएर जल कहिल्यै थाक्दैन त्यो प्रेम हो

धर्ती हमेसा मुस्कुराइरहन्छ छातीमा जोत्दा पनि
रुख छहारी दिन छोडेर कतै भाग्दैन त्यो प्रेम हो

ढुङ्गा त्यो चुपचाप सहिदिन्छ कुल्चेर हिंडेपनि
बदलाको भाव जब हृदयमा जाग्दैन त्यो प्रेम हो

इश्वर त्यो सृष्टि रच्दछ अनन्त अनन्त ब्रह्माण्डमा
सागर आफै कसैलाई समीप डाक्दैन त्यो प्रेम हो

जननी ममता लुटाइरहन्छिन आफू रित्तिएर पनि
जब दिनेलाई गुमाए जस्तो लाग्दैन त्यो प्रेम हो

ट्रेन्डिङ ( साप्ताहिक )