Logo
१६ वैशाख २०८१, आईतबार

इन्जिनियरिङको शुल्क विवाद टुंगियो, १४ कात्तिकमा प्रवेश परीक्षा

अक्षरपाटी
२०८० असोज २१ , आईतबार ०४:१० मा प्रकाशित

काठमाडौं,२१ असोज । लामो विवादपछि इन्जिनियरिङ अध्ययनको शुल्क विवाद टुंगिएको छ ।

नयाँ सहमति अनुसार इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क पूर्ण शुल्कीयतर्फ धरौटीसहित एक लाख ९० हजार र निःशुल्क तर्फ पनि १० हजार बढाएको छ ।

यस अनुसार शैक्षिक वर्ष २०८०र०८१ को स्नातक तहको नियमित तर्फ ५६ हजार ७००, पूर्ण शुल्कीय तर्फको (धरौटी सहित) चार लाख ९० हजार र विदेशी विद्यार्थीको हकमा १३ लाख १३ हजार ५०० रुपैयाँ शुल्क कायम गरिएको संस्थानले जनाएको छ ।

साथै प्रवेश परीक्षाका लागि २२ असोजदेखि २४ गतेसम्म फराम भर्नुपर्नेछ भने १४ कात्तिकमा प्रवेश परीक्षा हुनेछ ।