Logo
१६ वैशाख २०८१, आईतबार

बारामा प्रधानाध्यापकमाथि गोली प्रहार

अक्षरपाटी
२०८० कात्तिक १३ , सोमबार ०२:१० मा प्रकाशित

बारा,१३ कात्तिक । बाराको कलैया उपमहानगरपालिका -६ मदरसा टोलस्थित बाल एकता बोर्डिङ स्कुलका प्राधानाध्यापक गुड्डु भनिने रुपेश सरापमाथि गोली प्रहार भएको छ।

सोमबार दिउँसो करिब १ बजेतिर प्रधानाध्यापक सरापमाथि गोली प्रहार भएको हो।

दुईवटा मोटरसाइकलमा आएका चारजना अपरिचित व्यक्तिले ३५ वर्षीय सरापमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। स्कुलबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेका सरापमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो।

उनको छाती र पेटमा दुईवटा गोली लागेको छ।

घाइते सरापलाई सुरूमा कलैयाकै प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगन्जस्थित मेडिसिटी वयोद्धा हस्पिटल ल्याइएको छ। उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।

गोली प्रहार गर्नेहरूको खोजि भइरहेको बाराका प्रहरी उपरीक्षक सुरेस काफ्लेले बताए।