Logo
१८ भदौ २०८३, बिहीबार

नेप्से परिसूचक दुई हजार विन्दुमाथि, ५ अर्ब १५ करोडको सेयर कारोबार

अक्षरपाटी
२०८० पुस १ , आईतबार ०४:१२ मा प्रकाशित


काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। दिनभर उतारचढावका बीच नेप्से परिसूचक २७.७५ अंकले बढेर २०२२.३५विन्दुमा पुगेर बन्द भएको हो। सेन्सेटिभ इण्डेक्स १.२४ प्रतिशतले बढ्यो।

प्री ओपन सेसनमा नेप्से परिसूचक साढे ८ अंकले घटेको थियो।

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा एक दर्जन बढी कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल,रिडी पावर कम्पनी,शिभ श्री हाइड्रोपावर,बलेफी हाइड्रोपावर र दोर्दी खोला जल विदयुत कम्पनीलगायत दर्जन बढी कम्पनीको सेयर १० प्रतिशतले बढ्यो।

दर्जन बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको मूल्य ६.७७ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा हिमालयन दोलखा हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीले २५ करोड मूल्य बढीको सेयर कारोबार गर्यो। यसैगरी सोनापुर मिनरल्सको १६ करोड ६५ लाख,रिलायबल नेपाल लाइफको १६ करोड १५ लाख,शिवम् सिमिन्टको १४ करोड ५ लाख र अरुण कावेलीको १२ करोड ९५लाख बराबरको सेयर कारोबार भयो।

ट्रेन्डिङ ( साप्ताहिक )