Logo
१५ वैशाख २०८१, शनिबार

पहाडी क्षेत्रमा मौसम आंशिक बदली : भोलि हल्का वर्षाको सम्भावना

अक्षरपाटी
२०८० पुस २९ , आईतबार १२:०१ मा प्रकाशित

काठमाण्डौ,२९ पुस । आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ ।

अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र पहाडी क्षेत्रमा मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका धेरैजसो ठाउँमा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ । अरु ठाउँमा आज मौसम सफा नै छ ।

भोलि सोमवार भने गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी एक-दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ