Logo
२९ वैशाख २०८१, शनिबार

पेट्रोल, डिजल र मट्टितेलको भाउ घट्यो

अक्षरपाटी
२०८० माघ २ , मंगलबार १२:०१ मा प्रकाशित

२ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ।


इन्डियन आयल कर्पोरेशन पठाएको नयाँ खरीद मूल्यअनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ २६ पैसा र डिजल प्रतिलिटर ८३ पैसाले घटेर आएको छ। भारतबाट घटेर आएपछि निगम सञ्चालक समितिले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको हो।

निगमका अनुसार चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा, डिजल र मट्टितेल १४३ रुपैयाँ ५० पैसा कायम भएको छ।

साथै सुर्खेत र दाङका लागि पेट्रोल प्रतिलिटर १६५, डिजल र मट्टितेल प्रतिलिटर १५५ कायम गरिएको छ। काठमाडौं, पोखरा र दीपायलका लागि पेट्रोल प्रतिलिटर १६६ रुपैयाँ, डिजल र मट्टितेल १५६ रुपैयाँ कायम भएको छ।