Logo
३० वैशाख २०८१, आईतबार

तराईमा बाक्लो हुस्सु कुहिरो,पहाडी क्षेत्रमा आंशिक बदली

अक्षरपाटी
२०८० माघ ७ , आईतबार ०१:०१ मा प्रकाशित

काठमाण्डौ,७ माघ । आज देशका पहाडी केही क्षेत्रको मौसम आंशिक बदली रहेको छ ।

हिजोअस्तिको तुलनामा आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

पूर्वी तथा मध्य तराईमा बाक्लो हुस्सु र कुहिरो छ । विराटनगर, सिमरा, जनकपुरको भिजिबिलिटी घटेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । ती क्षेत्र र बाक्लो हुस्सुले तराई मधेसमा चिसो बढेको छ ।