Logo
५ जेठ २०८१, शनिबार

जेलबाट निस्केपछि झन बढ्दै पल शाहको क्रेज

अक्षरपाटी
२०८० माघ ९ , मंगलबार ०७:०१ मा प्रकाशित

काठमाडौं। अभिनेता पल शाहको व्यस्तता झन झन बढ्दै जान थालेको छ। १ वर्षको जेल जीवन बिताएर बाहिर आएसँगै पल पहिले भन्दा पनि बढी व्यस्त हुन थालेका छन्।

अभिनेता शाहले बलात्कार गरेको भन्दै एक नाबालिगले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुरमा जाहेरी दिएकी थिइन्।

जबरजस्तीकरणी मुद्दामा लामै समय पूर्पक्षका लागि थुनामा बसेका शाहलाई उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएको थियो।

जेलबाट बाहिर आएसँगै पलले अहिले एउटै कार्यक्रमको ४ देखि ५ लाख लिने गरेका छन्।

जुन नेपालका कलाकारहरुले लिनेमध्येकै सर्वाधिक पारिश्रमिक हो। पलले मेला महोत्सवहरुमा आफ्नो पारिश्रमिक ह्वात्तै बढाएर करिब ५ लाखको हाराहारी पुर्याए पनि उनलाई महोत्सवमा आयोजकले बोलाउन छाडेका छैनन्।

उनी पुग्ने कार्यक्रममा दर्शकको घुइँचौ नै लाग्ने गरेको छ।