Logo
१७ असार २०८२, मंगलबार

निरन्तर ओरालोतिर सेयर बजार, कारोबार रकम ४ अर्ब मात्र

अक्षरपाटी
२०८० माघ ९ , मंगलबार ०४:०१ मा प्रकाशित

काठमाडौं,९ माघ । दुई दिन लगातार ओरालो लागेको सेयर बजारले आज पनि सोही यात्रालाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन आइतबार २५ अंक र दोस्रो कारोबार दिन सोमबार ३१ अंकले घटेको नेप्से आज ०.४० अंकले घटेर २०९८.२९ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स ०.०५ प्रतिशतले घटेको छ।

सेयर बजार घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ। यसदिन ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ६ अर्बमाथिको सेयर कारोबार भएको थियो। त्यसअघि आइतबार ७ अर्ब ६७ करोड बढी मूल्यको सेयर कारोबार भएको थियो।