Logo
२९ वैशाख २०८१, शनिबार

अत्तरिया उद्योग वाणिज्य संघमा व्यवसायीद्वारा तालाबन्दी

अक्षरपाटी
२०८० माघ ९ , मंगलबार ०४:०१ मा प्रकाशित


धनगढी,९ माघ । कैलालीको अत्तरिया उद्योग वाणिज्य संघमा अत्तरियाका व्यवसायीले तालाबन्दी गरेका छन् ।

अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवको नक्कली ठेली प्रकरणमा छानबिनको माग गर्दै व्यवसायीले ताला लगाएका हुन् ।

यही माघ ७ गतेसम्म सञ्चालित महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली फेला परेका थिए ।