Logo
२८ वैशाख २०८१, शुक्रबार

सिरहाका एसपी र सीडीओ जिम्मेवारीबाट हटाइए

अक्षरपाटी
२०८० माघ १६ , मंगलबार ०१:०१ मा प्रकाशित

काठमाडौं,१६ माघ । गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई जिम्मेवारीबाट हटाएको छ ।

मन्त्रालयकै निर्देशनमा जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख एसपी टेकुनन्द इवा लिम्बु समेत जिम्मेवारीबाट हटाइएका छन् ।

गृह मन्त्रालयले दुवैलाई जिम्मेवारीबाट हटाउनुको कारणबारे बताएको छैन । एसपी लिम्बु प्रहरी सेवाको अन्तिम अवधितिर छन् ।

गृहमन्त्रीको सचिवालयका एक अधिकारीले अवकाशको एक वर्ष अवधि बाँकी रहेका बेला इञ्चार्ज नदिने नीति अनुसार उनलाई फिर्ता बोलाइएको बताए । उनले भने, ‘उहाँको ६/७ महिना पनि त्यहाँ पूरा भइसकेको थियो ।’