Logo
२१ वैशाख २०८१, शुक्रबार

सर्लाहीको बरहथवा घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

अक्षरपाटी
२०८० पुस २१ , शनिबार १२:०१ मा प्रकाशित

काठमाडौं। सर्लाहीको बरहथवा स्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ।

शुक्रबार दिउँसो भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागी स्थानीय युवा जयशंकर साहको मृत्यु भएको थियो। सो घटनामा केही व्यक्ति घाइते भएका थिए।

त्यसपछि उत्पन्न परिस्थितिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको जनाउँदै उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ।

कांग्रेसले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानविन गर्नुका साथै घटनामा घाइते भएकाहरुको उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग नेपाली कांग्रेसले माग गरेको छ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गरिएको छ भने सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन अपिल गरिएको छ।

नेपाली कांग्रेस