Logo
२७ वैशाख २०८१, बिहीबार

धनगढीको ६ लेन सडकमा छुट्याइयो साइकल लेन

अक्षरपाटी
२०८० पुस २१ , शनिबार ०३:०१ मा प्रकाशित

धनगढी। धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकमा साइक लेन छुट्याइएको छ।

भारतसँग सीमा जोडिएको कैलाली भन्सारदेखि गटा विमानस्थलसम्म साइकललेन छुट्याइएको हो।

साइकल यात्रीलाई दुर्घटनाबाट बचाउनका लागि धनगढी उपमहानगरपालिकाले साइकल लेन छुट्याएको हो।

धनगढीका मेयर गोपाल हमालले लेनको उद्घाटन गर्दै साइकल यात्रीलाई दुर्घटनाबाट जोगाउन लेन छुट्याएको बताए।

उपमहानगरपालिकाले ठेक्का दिएर ६ लेन सडकमा साइकल लेन छुट्याउन लगाएको हो। उद्घाटनका क्रममा साइकल यात्रीहरुले विमानस्थलसम्म साइकल समेत चलाएका थिए।

धनगढी उपमहानगरपालिका साइकल लेन