Logo
२८ वैशाख २०८१, शुक्रबार

खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा भारतमा बझाङकी एक महिलाको मृत्यु

अक्षरपाटी
२०८० माघ १८ , बिहीबार ०२:०२ मा प्रकाशित

बझाङ, १८ माघ । भारतमा बझाङकी एक महिलाको मृत्यु भएको छ । खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा बझाङकको तल्कोट गाउँपालिका -१ सुनिकोट भाडागाउँकी ३१ वर्षीया नारदा थापाको मृत्यु भएको हो ।

सुतेको अवस्थामा राति ग्यास लिक भएको थाहा नपाएर बिहान ग्यास खोल्दा पड्किएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ग्यास पड्किएर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सन्जन अस्पतालमा मृत्यु भएको उनका आफन्तले बताएका छन् ।

घटनामा घाइते भएका मृतक थापाका छोरा ११ वर्षीय आयुश थापाको अनुहारको सर्जरी गरिएको मृतकका देवर रमेश थापालाई उधृत गर्दै मष्टा-७ का नवराज बोहराले बताए । अहिले आयुशको अवस्थामा सुधार आएको उनले बताए । मृतक थापाको परिवार कामको सिलसिलामा लामो समयदेखि बैङ्लोरमा बस्दै आएका थिए ।