Logo
१५ वैशाख २०८१, शनिबार

शेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम भने घट्यो

अक्षरपाटी
२०८० माघ २२ , सोमबार ०४:०२ मा प्रकाशित

काठमाडौं,२२ माघ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। अघिल्लो कारोबार दिन एकल अंकले घटेको नेप्से आज १४.५७ अंकले बढेर २०७६.२७ विन्दुमा कायम भएको हो।

सेन्सेटिभ इण्डेक्स १.५९ प्रतिशतले बढेको छ। यसदिन नेप्से बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। यसदिन ३१० कम्पनीको ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर २ अर्ब ४३ करोड ८ लाख ५८ हजार २५४ रुपैयाँमा खरिदबिक्री भयो।

आइतबार ३ अर्ब रुपैयाँ बढिको सेयर कारोबार भएको थियो। दोहोरो अंकले बढेको बजारमा तीन कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

नेपाल दूरसञ्चार,पिपुल्स पावर र समाज लघुवित्त वित्तीयको सेयर मूल्य १० प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १८ करोड बढिको सेयर कारोबार भयो।

यसदिन ९ उपसमूहको सूचक बढ्यो। कारोबारमा आएका कम्पनीमध्ये १४८ को मूल्य बढ्दा ८६ वटाको घट्यो भने १३ को मूल्य स्थिर रह्यो।