Logo
१५ वैशाख २०८१, शनिबार

झन्डै २६ प्रतिशत व्यावसायिक प्रतिष्ठान महिलाको नाममा

अक्षरपाटी
२०८० फागुन ६ , आईतबार ०४:०२ मा प्रकाशित

काठमाण्डौ,६ फागुन । नेपालमा झन्डै २६ प्रतिशत व्यावसायिक प्रतिष्ठान महिलाको नाममा रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा कुल चार लाख ९८ हजार ५८ वटा व्यावसायिक प्रतिष्ठानमध्ये २५ दशमलव आठ प्रतिशत महिलाको नाममा रहेको पाइएको हो ।

महिलाको नाममा सबैभन्दा धरै व्यावसायिक प्रतिष्ठान गण्डकी प्रदेशमा रहेको देखिएको छ । गण्डकी प्रदेशमा सञ्चालनमा रहेका ५० हजार पाँच सय ७५ वटा व्यावसायिक प्रतिष्ठानमध्ये ३५ प्रतिशत प्रतिष्ठान प्रतिशत महिलाको नाममा रहेका छन् । सबैभन्दा कम मधेस प्रदेशमा महिलाको नाममा जम्मा १० दशमलव आठ प्रतिशत व्यावसायिक प्रतिष्ठान महिलाको नाममा रहेको अध्ययनमा देखिएको छ ।

यसैबीच नेपालका व्यापारिक प्रतिष्ठानमा ३५ दशमलव ७३ प्रतिशत महिला कार्यरत रहेको देखिएको छ । चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमा ११ लाख ३० हजार छ सय ४५ जना जनशक्ति रहेकोमा ३५ दशमलव ७३ प्रतिशत महिला कार्यरत छन् । सबैभन्दा धेरै कर्णाली प्रदेशमा व्यावसायिक प्रतिष्ठानमा झन्डै ४६ प्रतिशत महिला कार्यरत रहेको देखिएको छ । सबैभन्दा कम मधेस प्रदेशमा व्यवसायिक प्रतिष्ठानमा महिला जनशक्ति जम्मा २३ प्रतिशत रहेको देखिएको छ ।