काठमाडौं, ८ फागुन । मिटरब्याज र लघुवित्त पीडितहरूको न्याय मार्चको टोलीले मंगलबार काठमाडौंमा मार्च पास गरेको छ । लघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समिति नेपालले लघुवित्त तथा वित्तिय शोषण विरुद्धमा काठमाडौंको रिङरोडमा मार्चपास गरेका हुन् ।
नेपालका विभिन्न क्षेत्रबाट पैदल उनीहरू काठमाडौं आएका हुन् । उनीहरूले सामान्तीका रुपमा रहेको लघुवित्त र वित्तिय संस्था खारेज गर,सामूहिक ऋण मिनाहा गर, समाजवादी अर्थतन्त्रको विकास गर, कालोसूची तथा धितो लिलाम फुकुवा गर,आम गरिब किसानलाई निशुल्क ऋणको व्यवस्था गरलगायतका नौ बुँदे माग अघि सारेका छन् ।
लगििलत्ताकपडासहित आएका लघुवित्तपीडितले आफ्ना मागहरू पूरा नभएसम्म घर नफर्किने बताएका छन् । मिटर व्याज र लघुवित्तले जग्गा–जमिन नै लिलाम गर्ने अवस्था आएकाले न्याय माग्न काठमाडौं आएको उनीहरूको भनाइ छ ।
तीन वर्षदेखि सरकारले आश्वासन दिएपनि माग पूरा नगरेको पीडितहरूको गुनासो छ । गत चैतमा पैदलयात्रा गर्दै काठमाडौं आएर पीडितहरूले धर्ना दिएपछि सरकारले विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याज पीडित जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगले प्रतिवेदन बुझाएपनि सरकारले अझैसम्म न्याय नदिएको उनीहरुको गुनासो छ ।