Logo
१२ वैशाख २०८१, बुधबार

वैद्यनाथ धाममा १४४ वर्षपछि कोटिहोम , आज राष्ट्रपतिले उद्घाटन गर्ने

अक्षरपाटी
२०८० फागुन १० , बिहीबार ११:०२ मा प्रकाशित

धनगढी,१० फागुन । अछामको वैद्यनाथ धाममा बिहीबारदेखि कोटिहोम लाग्ने भएको छ ।

साफेबगर नगरपालिका-१ मा रहेको वैद्यनाथ धाममा १४४ वर्षपछि सुरु हुन लागेको कोटिहोमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नेछन् ।

अगामी २५ फागुनसम्म चल्ने कोटिहोमको उद्घाटन गर्न राष्ट्रपति पौडेल हेलिकप्टरमार्फत वैद्यनाथ धाम पुग्ने मूल आयोजक सिमितिले जनाएको छ ।

वैद्यनाथ नेपालका चार धाम मध्येको एक धाम मानिन्छ । यो पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको छ ।