Logo
१६ वैशाख २०८१, आईतबार

कांग्रेस कैलालीमा माइन्यूट खोसाखोस, कोरम नपुगेपछि बैठक स्थगित

अक्षरपाटी
२०८० फागुन १८ , शुक्रबार ११:०३ मा प्रकाशित

कैलाली,१८ फागुन । नेपाली काँग्रेस कैलाली जिल्ला कार्यसमितिको बैठकमा जिल्ला पार्टी सभापति नारायण दत्त भट्ट र उप–सभापति भीम बडूवालबीच माइन्यूट खोसाखोस भएको छ ।

बिहीबार जिल्ला कार्यसमितिको बैठक कैलालीको मोहन्याल गाउँपालिका–१ चोसे काँडामा राखिएको थियो । उक्त बैठकमा मुख्य आमन्त्रितको रुपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई निम्त्याइएको थियो । तर, बैठक सुरु नहुँदै सभापति भट्ट र उपसभापति बडूवाल बिच माइन्यूट खोसाखोस भएपछि विवाद उत्पन्न भएको हो ।

जिल्ला कार्यसमितिको बैठकमा उप–सभापति भीम बडूवालको नाम माइन्यूटमा उल्लेख नभए पछि विवाद सृजना भएको थियो । बैठक सुरु नहुँदै उप–सभापति बडूवालले माइन्यूट आफ्नो कब्जामा लिएका थिए । आफ्नो नाम किन माइन्यूटमा उल्लेख नगरिएको भन्दै सभापति दत्त भट्ट सँग उप–सभापति बडूवाल झोकिएका थिए ।

जिल्ला अनुशासन समितिले अनुशासन कारबाहीको लागी प्रदेश अनुशासन समितिमा पत्र पठाएको हुँदा बडूवालको नाम माइन्यूट मा उल्लेख गर्न नसकिने सभापति भट्टको भनाई थियो ।

जबसम्म प्रदेश अनुशासन समिति बाट पत्र आउँदैन तबसम्म नाम माइन्यूटमा उल्लेख नगर्ने उनले बताए । केहीछिन सभापति भट्ट र उप–सभापति बडूवालबीचच बोलाबोल समेत बन्द भएको थियो ।

श्रावण २२ गते पार्टी सभापति नारायण दत्त भट्टले कैलाली क्षेत्र नम्बर ४ का नेता लोकराज पाण्डे (आगो) र सुरत बहादुर कार्कीलाई कारबाही गरिएपछि उपसभापति भीम बडूवालले कारबाही विधिसम्मत नभएको भन्दै लेटर प्याडमा अर्को सूचना जारी गरेका थिए ।

एकातर्फ सभापति र उपसभापतिको विवाद अर्को तर्फ कोरम नपुगेपछि बैठक स्थगित भएको थियो ।
८० सदस्यीय जिल्ला कार्यसमितिको बैठकमा बिहीबार ३३ जना मात्रै उपस्थित भएका थिए ।

नेपाली कांग्रेस